थारु र मुस्लिमलाई मधेशीबाट हटाउने मधेशी आयोगको निर्णय

नवलपुर टुडे


काठमाडौ । मधेशी आयोगले थारु र मुस्लिम लाई मधेशी समुदायको सूची बाट हटाउने निर्णय गरेको छ ।
आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा: विजयकुमार दत्तले बताएका छन् ।
मधेशी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन । थारु र मुस्लिम समुदायका विभिन्न संघ संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदाय संग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफुहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार सो उजुरी माथि आयोगले निर्णय लिदै थारु र मुस्लिम लाई मधेशीबाट हटाउने निर्णय गरेको बताएका छन् । मधेशी आयोगले २०७८/७९ को बार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो ।


तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















