मुख्य समाचार

मंसिर ४ र ५ गते सार्वजनिक बिदा

नवलपुर टुडे
२०७९ कार्तिक २९ | मध्यान्ह १२:०७ बजे

काठमाडौं, कात्तिक २९ । सरकारले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मतदानस्थल रहेका विद्यालयलाई भने दुई गते पनि विदा दिइने सूचनामा उल्लेख छ । गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा मंसिर २ गतेदेखि ५ गतेसम्म मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो ।

photo 2022 11 15 12 08 17

कमेन्टहरु