उपसभापति क्षेत्रीद्वारा कांग्रेस परित्याग, कांग्रेसलाई झटका


रामजी प्रजापति
नवलपरासी । पश्चिम नवलपरासीको लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क ) का उपसभापति दिपक क्षेत्री नेपाली काङ्ग्रेस पार्टिको पद परित्याग गरेको र उक्त पार्टीसंग कुनै किसिमको संलग्नता नरहेको पनि बताएका छन । धेरै बर्षदेखि आफ्नो अमुल्य समय दिएर पार्टीको लागि धेरै काम गरेको तर, पार्टीको लिडरले आफू बाहेक कार्यकर्ताको भावना नबुझेको भनेर गुनासो गरेका छन ।
पार्टीको हकहितका लागि मरितुल्य रुपले कार्यकर्ताहरु जोर कसेर काम गरेका हुन्छन । तर, कुनै छलफल गर्दा आफ्नो अगाडि अरुको कुरामा निर्भर नरहेर मनोमानी ढंगले लिडिङ गर्दै आइरहेको र कार्यकर्ता बिचल्लीमा पर्नेसमेत पाईएको गुनासो क्षेत्रीले गर्नुभएको छ ।
क्षेत्री लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) को उपसभापति मात्र नरहेर विभिन्न खेलकुद क्रिकेट, भलिभल, फुटबल, कबड्डि लगायतका अध्यक्ष पनि रहेर काम गरेका छन । उनी समाजको हकहितको लागि हमेशा अगाडि रहेर हरेक समाजिक काममा आफ्नो अमुल्य समय र परेको ठाउँमा पैसा दिएरसमेत सहयोग गर्दै आईरहेका छन ।
विभिन्न क्षेत्रमा अनेक खेलकुद तथा सांसकृति कार्यक्रम हुदा वा पार्टीको सभा हुदा उदघोषकको रुपमा पनि रहेर कार्य निर्वाह गरेको उनले बताए । उनी एक कुशल समाजिक ब्यक्तित्व भएको हुनाले गाउँघरमा घटेको घटना वा कुनै किसिमको पार्टीगतको काममासमेत सेवा दिदै आईरहेको थिए ।
नेपाली काङ्ग्रेसलाई पहिलैदेखि सम्मान स्वरुप अगाडि बढाउने बाचा गरि अगाडि बढेका थिए । तर, पार्टीकै व्यक्तिको कुनै किसिमको सभा सम्मेलन हुदा बिना जानकारी एक्लौटी तरिकाले पार्टी संचालन गर्दै चुनावको बेलामा ठुलो ठुलो भाषणमा मात्र सिमित रहेको तर, युवाहरूको गुनासो नसुनेपछि क्षेत्री एका एक पार्टी परित्याग गरेको बताए ।
उनले पदबाट राजिनामा दिई स्वतन्त्र रही आफ्नो क्षेत्र र समाजको हकहितको लागि सधै तत्पर्य रहेर समाज कल्याण गर्ने प्रतिबद्धतासहित सामाजिक संजालबाट सोमबार राजिनामा दिएको जानकारी दिएको हो ।






















