मुख्य समाचार

भैरहवाबाट हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर चार्टर उडान थाल्ने 

नवलपुर टुडे
२०७९ कार्तिक १५ | मध्यान्ह ०४:०७ बजे
फाइल तस्बिर

भैरहवा । हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसियाको क्वालालम्पुर चार्टर उडान थाल्ने भएको छ ।

कम्पनीले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं रुटमा चार्टर उडान थाल्ने भएको हो । नोभेम्बर ३ देखि १० तारिखसम्म यी रुटमा उडान गर्ने कम्पनीले जानकारी गराएको छ ।

हिमालय एयरलाइन्सलाई नागरिक उड्डयन प्राधिकरणले हाल जम्मा ८ वटा उडानका लागि अनुमति दिएको छ । पछि थप अनुमतिपछि पुन: उडान सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

भैरहवाबाट उडान थाल्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरणसँग वायुसेवा कम्पनीहरुको रस्साकस्सी चल्दै आएकोमा हिमालयले उडान थाल्ने घोषणा गरेको हो ।

कमेन्टहरु