खेलकुद

यू–१७ साफ टोलीको विदाइ, शुक्रबार श्रीलंका प्रस्थान गर्ने

नवलपुर टुडे
२०७९ भदौ १६ | मध्यान्ह ०६:०५ बजे

काठमाडौं, भदौ १६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ ।

टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले विदाइ गर्नुभयो ।

नेपाली युवा टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ । टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघिनै २३ सदस्सीय यू–१७ टोलीको घोषणा गरिसक्नुभएको छ । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान छन् । नेपालले पहिलो खेल भुटानसँग सेप्टेम्बर ७ तारिख खेल्नेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल सेप्टेम्बर १४ तारिख हुनेछ ।

कमेन्टहरु