चुनावका लागि पहिलो दिनमै आयोगमा दर्ता भए पाँच पार्टी

नवलपुर टुडे

सारांश
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन पहिलो दिनमा निर्वाचन आयोगमा पाँच वटा राजनीतिक दल दर्ता भएका छन्। आयोगले दल दर्ताका लागि आह्वान गरेको दिन आइतबार नै पाँच राजनीतिक दल दर्ता भएका छन्।
पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ। दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ। यसैगरी क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए।
सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम थालेको छ। आयोगका प्रवक्ता पौडेलका अनुसार साउन ३१ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गरिसक्नुपर्ने छ।
आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, वार्षिक लेखा परीक्षण प्रतिवेदनलगायत विवरण पेश गर्नुपर्नेछ।

चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि

बेपत्ता एयर एम्बुलेन्सकाे भग्नावशेष फेला

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई
अरुपनि पढ्नुहोस
सबै
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य
















