महालक्ष्मीको १६ दिने व्रत समापन

नवलपुर टुडे

सारांश
- भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत चन्द्रमालाई अर्घ्य दिँदै रातभर जाग्राम बसेर गएराति समापन गरिएको छ।
- धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिइने यो व्रतले दुःख दरिद्र नाश भई सुख, शान्ति, श्रीवृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ।
- वैदिक परम्परा अनुसार प्रत्येक वर्ष यो व्रत विशेषगरी नारीहरूले लिने गरेका छन् र यस अवधिमा महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ।
काठमाडौं । भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अर्घ्य दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ ।
धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिने यो व्रतका प्रभावले दुःख दरिद्र नाश भई सुख शान्तिका साथै श्रीवृद्धि र वैभव प्राप्त हुने विश्वास छ । विशेषगरी यो व्रत नारीले लिने गरेका छन् ।
भगवान् शंकरले यो व्रतविधि देवी पार्वतीलाई बताएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यो व्रतका प्रभावले मानव देह परित्यागपछि दिव्यधाम प्राप्त हुने जनविश्वास छ ।
देवराज इन्द्रले महालक्ष्मीको व्रत एवं पूजाआराधना गरी महालक्ष्म्याष्टक स्तोत्र रचना गरेका महालक्ष्मी व्रतकथामा उल्लेख छ । बिहान, मध्याह्न र साँझ तीन पटक यो स्तोत्र पाठ गरेमा धनधान्य, सुख प्राप्त हुनाका साथै शत्रुनाश हुने जनविश्वास छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ ।
आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गरिन्छ ।

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान

छिमेकीको हत्या आरोपमा पोखरामा युवक प्रक्राउ

हुम्लामा गएरातिदेखि हिमपात, जनजीवन प्रभावित
अरुपनि पढ्नुहोस
सबै
देशभर १७ विपद्का घटना, तीनको मृत्यु

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी















