Opens in a new tab

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?

नवलपुर टुडे

87Shares

सारांश

  • बागलुङको गलकोट नगरपालिकामा गत असोज ९, १० र ११ गते आएको बाढी, पहिरो र हुरीले एउटा वडा कार्यालयसहित ६३ वटा घरमा पूर्ण क्षति पुर्‍याएको छ।
  • घटनाका कारण अन्य १३३ वटा घरमा आंशिक क्षति पुगेको छ भने हुरीले मात्रै ३९ घर पूर्ण र ५२ घरमा आंशिक क्षति गराएको छ।
  • बाढी र हुरीले पक्की सिँचाइका ४५ र कच्ची सिँचाइका २०३ वटा संरचनाहरूमा नोक्सानी पुर्‍याएको छ।

बागलुङ । बागलुङको गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।

गलकोट नगरपालिकाका अनुसार, एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ ।

यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।