भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग

नवलपुर टुडे

सारांश
- पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ४७ लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ।
- उक्त रकम नगर क्षेत्रका जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरूको संयुक्त, पहलमा सङ्कलन गरिएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिएका छन्।
- नगरपालिकाले दैवी विपत्तिमा प्रभावकारी उद्धार र पुनर्स्थापनाका लागि तीन तहका सरकारबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिएको छ।
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ ।
फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनर्स्थापना तथा राहतका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरिएको उनले बताए।
फिदिम नगरपालिकाले दैवी विपत्तिमा सबै निकायबीच सहकार्य भएमात्रै राहत, उद्धार र पुनर्स्थापना प्रभावकारी हुनसक्ने भन्दै यसका लागि तीन तहका सरकारबीच पनि प्रभावकारी समन्वयको आवश्यकता रहेको जनाएको छ ।
फिदिम नगरपालिकाले भोटेकोशी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग

महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्
अरुपनि पढ्नुहोस
सबै
बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित




