भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग

नवलपुर टुडे

सारांश
- पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ४७ लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ।
- उक्त रकम नगर क्षेत्रका जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरूको संयुक्त, पहलमा सङ्कलन गरिएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिएका छन्।
- नगरपालिकाले दैवी विपत्तिमा प्रभावकारी उद्धार र पुनर्स्थापनाका लागि तीन तहका सरकारबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिएको छ।
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ ।
फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, पुनर्स्थापना तथा राहतका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरिएको उनले बताए।
फिदिम नगरपालिकाले दैवी विपत्तिमा सबै निकायबीच सहकार्य भएमात्रै राहत, उद्धार र पुनर्स्थापना प्रभावकारी हुनसक्ने भन्दै यसका लागि तीन तहका सरकारबीच पनि प्रभावकारी समन्वयको आवश्यकता रहेको जनाएको छ ।
फिदिम नगरपालिकाले भोटेकोशी बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्वोच्चमा वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सिफारिस, को–को भए ‘रिङ आउट’

बाढी–पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक मर्मत तीव्र, ठूला सवारी सञ्चालनको तयारी

बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण रुपमा क्षतिग्रस्त, अर्बौँको पूर्वाधार नष्ट

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
अरुपनि पढ्नुहोस
सबै
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

कांग्रेस महाधिवेशन: आज उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

आज विदेशी मुद्राको भाउ कति पुग्यो ? यस्तो छ राष्ट्र बैंकको विनिमयदर

कांग्रेस सभापति गगन थापाले गराए १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता















