दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

रासस

सारांश
- दाङको घोराहीमा थारु समुदायको परम्परागत परिकारहरू ढिक्री, घोंगीलगायतका खानाका परिकार उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री घर’ सञ्चालनमा ल्याइएको छ।
- थारु समुदायको लोप हुन लागेको खानपान संस्कृतिको संरक्षण गर्दै यसलाई व्यावसायिक रूप दिएर आम्दानीको स्रोत बनाउन थालिएको छ।
- दाङका विभिन्न स्थानमा होमस्टे तथा रेस्टुरेन्टमार्फत थारु परिकारहरूको बजारीकरण गर्ने अभ्यास बढेसँगै स्वरोजगारसमेत सिर्जना भएको छ।
दाङ । भापमा पाकेको तातो ढिक्री र थारु समुदायको परम्परागत स्वाद बोकेको घोंगी… । थारु भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरू अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ ।
शनिबारमात्रै दाङको घोराहीमा थारु समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री घर’ सञ्चालनमा ल्याइएको छ । थारु समुदाय संस्कार, संस्कृति, खानपान, रहनसहनका हिसाबले धनी समुदाय भए पनि पछिल्लो समय लोप हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्नका लागि ‘ढिक्री घर’ खोलिएको सञ्चालक रोशन रत्गैयाले बताए ।
बजारमा विभिन्न समुदायका सांस्कृतिक खानपान र रेस्टुरेन्टहरूको बाक्लो उपस्थिति भए पनि थारु संस्कृतिको खानपान भने व्यावसायिक रूपमा अझै पछाडि र कमजोर रहेको भन्दै सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
विशेषगरी चामलको पीठोबाट बनाइने ढिक्री र तराईको मौलिक तथा लोकप्रिय स्वाद घोंङी, अनदीको भात, भक्का, सुँगुरको मासु, हाँसको मासु, लोकल कुखुराको मासु, गङ्गटालगायत थारु समुदायको पहिचानका रूपमा रहेका सबै परिकार उपलब्ध हुने सञ्चालक जितेन्द्र चौधरीले बताए । “थारु समुदायको पहिचानका रूपमा जुन–जुन खाना छन्, ती सबै खानालाई हामीले उपलब्ध गराउने छौँ”, उनले भने, “यसले हाम्रो खानपानलाई व्यावसायिकमात्रै होइन, पहिचान जोगाउन पनि मद्दत पुग्ने अपेक्षा लिएका छौँ ।”
ढिक्री थारु समुदायको महत्त्वपूर्ण परिकार भएको भन्दै यस्ता परिकारलाई व्यावसायिकरण गर्नु सकारात्मक कुरा रहेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । थारु समुदायका परिकार स्वास्थ्यका हिसाबले पनि उत्तम रहने भएकाले धेरैले मन पराउने गरेको भए पनि बजारीकरण हुन सकेको थिएन । तर पछिल्लो समय यसलाई व्यावसायिक बनाउँदा आम्दानीको स्रोत पनि बनेको र स्वरोजगार पनि सृजना भएको बताए ।
जिल्ला पछिल्लो समय यसरी थारु समुदायको परिकारलाई व्यावसायिक बनाउन थालिएको छ । केही समयअघि घोराहीमा कविला रिसोर्ट, दङ्गीशरणमा थारु होमस्टे, तुलसीपुरमा थारु मिन्हीघरलगायतका व्यवसाय सञ्चालन गरेर थारु समुदायको परिकारलाई बजारीकरण गर्ने अभ्यास थालिएको छ ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु समुदायलाई तालिम दिएर परम्परागत परिकारहरूको बजारीकरण गर्न थालिएको बताए । उनले दाङसहित विभिन्न जिल्लाका थारु समुदायलाई तालिम प्रदान गरिएको बताए ।

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग
अरुपनि पढ्नुहोस
सबै
महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु




