आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सवारीसाधनका लागि काठमाडौंमा विभिन्न स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ।
- यातायात व्यवस्थापन समितिका अनुसार धरहरा अन्डरग्राउन्ड, माइतीघर-भद्रकाली एकतर्फी सडक, र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङस्थल ताेकिएको छ।
- असोज २२ गतेसम्म सञ्चालन हुने यस महाधिवेशनमा देशभर तथा जनसम्पर्क समितिबाट सात हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ।
काठमाडौ। नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए।
संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो। यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्ने छ। महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन्।

बलिउडका सशक्त अभिनेता नाना पाटेकरको निधन

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, ५ जना घाइते विद्यार्थीको उद्धार

भोटेकोशी विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

‘लमजुङ दरबार’सँगै बाँचेको माया
अरुपनि पढ्नुहोस
सबै
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठ विशेष समारोहद्वारा मनाइयो

तनहुँ र नवलपुर जोड्ने कालीगण्डकी पुलको पहुँच सडक मर्मत सुरु















