Opens in a new tab

महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

नन्द किशोर कुर्मी (लालु)

21Shares

सारांश

  • कपिलवस्तुको कृष्णानगर नगरपालिका–बहादुरगन्जमा महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन गरिएको छ।
  • अटल यादवको प्रमुख आतिथ्य तथा धर्मराज विश्वकर्माको अध्यक्षतामा उक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।
  • नयाँ कार्यालय स्थापनासँगै युवाहरूलाई संगठित गर्दै सामाजिक गतिविधिहरूलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ।
कृष्णानगर। कपिलवस्तुको कृष्णानगर नगरपालिका–बहादुरगन्जमा महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि अटल यादव रहेका थिए भने कार्यक्रमको अध्यक्षता धर्मराज विश्वकर्माले गरेका थिए।
नगरस्तरीय कार्यालय स्थापना भएसँगै संस्थाका गतिविधिलाई थप व्यवस्थित बनाउँदै युवाहरूलाई संगठित गर्ने तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय युवा तथा अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो