जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

नवलपुर टुडे

सारांश
- जुम्लामा पछिल्लो समय नयाਂ उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गएको र उद्योग खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको छ।
- उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १८० वटा उद्योग खारेज भएका छन् भने १८८ वटा नयाँ दर्ता भएका छन्।
- विगत चार वर्षदेखि लगातार नयाँ उद्योग दर्तामा कमी र खारेजीमा वृद्धि हुनुका साथै यस अवधिमा करिब १६ लाख २५ हजार राजस्व सङ्कलन भएको छ।
जुम्ला । जुम्लामा पछिल्लो समयमा उद्योग खारेजी गर्नेको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा खारेजीतर्फ १८०, दर्तातर्फ १८८ र नवीकरणतर्फ ३३४ वटा उद्योग भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टंकप्रसाद न्यौपानेले जानकारी दिए ।
यसैगरी वाणिज्यतर्फ ६१ वटा उद्योग दर्ता भएका छन् । नवीकरणतर्फ ५८ र खारेजी ५२ वटा उद्योग भएका छन् । उक्त आवमा विभिन्न शीर्षकअन्तर्गत करिब १६ लाख २५ हजार राजस्व संकलन भएको प्रमुख न्यौपानेको भनाइ छ ।
चालु आवको भदौसम्म ४३ वटा नयाँ उद्योग दर्ता भएका छन् । नवीकरण ११९, खारेजी पाँचवटा भएका छन् । वाणिज्य उद्योगतर्फ ११ दर्ता भएको प्रमुख न्यौपानेको भनाइ छ । पछिल्लो समयमा जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ । उद्योग खारेजी गर्नेको सङ्ख्या भने बढ्दो क्रममा छ ।
विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फका उद्योग रहेको कार्यालयले जनाएको छ ।

महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा
अरुपनि पढ्नुहोस
सबै
बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा रोक

आज देशका यी भूभागमा वर्षाको सम्भावना

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था




