जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

नवलपुर टुडे

सारांश
- जुम्लामा पछिल्लो समय नयाਂ उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गएको र उद्योग खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको छ।
- उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १८० वटा उद्योग खारेज भएका छन् भने १८८ वटा नयाँ दर्ता भएका छन्।
- विगत चार वर्षदेखि लगातार नयाँ उद्योग दर्तामा कमी र खारेजीमा वृद्धि हुनुका साथै यस अवधिमा करिब १६ लाख २५ हजार राजस्व सङ्कलन भएको छ।
जुम्ला । जुम्लामा पछिल्लो समयमा उद्योग खारेजी गर्नेको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा खारेजीतर्फ १८०, दर्तातर्फ १८८ र नवीकरणतर्फ ३३४ वटा उद्योग भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टंकप्रसाद न्यौपानेले जानकारी दिए ।
यसैगरी वाणिज्यतर्फ ६१ वटा उद्योग दर्ता भएका छन् । नवीकरणतर्फ ५८ र खारेजी ५२ वटा उद्योग भएका छन् । उक्त आवमा विभिन्न शीर्षकअन्तर्गत करिब १६ लाख २५ हजार राजस्व संकलन भएको प्रमुख न्यौपानेको भनाइ छ ।
चालु आवको भदौसम्म ४३ वटा नयाँ उद्योग दर्ता भएका छन् । नवीकरण ११९, खारेजी पाँचवटा भएका छन् । वाणिज्य उद्योगतर्फ ११ दर्ता भएको प्रमुख न्यौपानेको भनाइ छ । पछिल्लो समयमा जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ । उद्योग खारेजी गर्नेको सङ्ख्या भने बढ्दो क्रममा छ ।
विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फका उद्योग रहेको कार्यालयले जनाएको छ ।

निजी कम्पनीले सस्ता इन्टरनेट सेवा प्याकेज हटाए पनि नेपाल टेलिकमले मूल्य नबढाउने

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो


आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
अरुपनि पढ्नुहोस
सबै
कांग्रेस १५औँ महाधिवेशन: आज बिहान १० बजेदेखि मतदान शुरु

तोकिएको भाडाभन्दा बढी लिए कारबाही गर्ने महासंघको चेतावनी

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत















