Opens in a new tab

चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि

नवलपुर टुडे

8.6KShares

सारांश

  • चितवन फिजिकल फिट्नेस सेन्टरका सुर्जे सुनारले ७० केजी तौल समूहमा स्वर्ण जित्दै दोस्रो ‘मिस्टर चितवन’को उपाधि र डेढ लाख रुपैयाँ प्राप्त गरेका छन्।
  • प्रतियोगिताअन्तर्गत पुरुष शारीरिक सुगठन, स्पोर्टस फिजिक्स, महिला एथ्लेटिक्स फिजिक्स र मास्टर तौल समूहमा विभिन्न खेलाडीहरूले स्वर्ण, रजत र काँस्य पदक जितेका छन्।
  • विभिन्न तौल समूहका विजेताहरूलाई नगद पुरस्कारसहित प्रतिनिधि सभा सदस्य प्रभा ढकाल लगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।
चितवन । सुर्जे सुनारले दोस्रो मिस्टर चितवनको उपाधि जितेका छन् । शनिबार साँझ सम्पन्न दोस्रो मिस्टर चितवन शारीरिक सुगठन, प्रथम पुरुष स्पोर्टस फिजिक्स तथा दोस्रो महिला एथ्लेटिक्स फिजिक्समा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै सुर्जे मिस्टर चितवन बनेका हुन् ।

चितवन फिजिकल फिट्नेस सेन्टर गैंडाकोटका सुर्जे ७० केजी तौल समूहमा स्वर्ण जित्दै ओभरअल मिस्टर चितवनको उपाधि समेत जित्न सफल भएका हुन् । उनले मिस्टर चितवनको उपाधि जित्दै नगद एक लाख ५० हजार रूपैयाँ पनि हात पारेका छन् । जितपछि सुर्जेले ६ महिनाको अथक मेहेनतले सार्थकता पाएको प्रतिकृया दिए ।उता पुरुष शारीरिक सुगठनतर्फको ५५ केजी तौल समूहमा ईलाका प्रहरी कार्यालय टाँडीका बिकास कुमार शाहले स्वर्ण पदक जितेका छन् । रोयल जिम कालिकाका फुर्बा लामाले रजत तथा गोल्ड जिमका सन्तबहादुर गुरुङले काँस्य जिते । ६० केजीमा रोयल जिमका रामबहादुर गुरुङले स्वर्ण, गोल्ड जिमका शिव भण्डारीले रजत तथा चितवन जिमका अशिम थापाले काँस्य जितेका छन् ।

६५ केजीमा फिटजोन पर्साका मदन थापाले स्वर्ण, राइनो फिटनेसका दयाराम पौडेलले रजत र चितवन जिमका साजन अधिकारीले काँस्य तथा ७० केजीमा चितवन जिमका सुर्जे सुनारले स्वर्ण, पावर हाउस जिमका विरबहादुर गुरुङले रजत र रोयल जिमका विजयकुमार मोक्तानले काँस्य जिते ।

७५ केजी तौल समूहमा चितवन जिमका सन्जीव कुमार श्रेष्ठले स्वर्ण, द मसल्स फिटनेसका सुमन सुनारले रजत र गोल्ड जिमका रामशरण चौधरीले काँस्य तथा ७५ केजी माथिकोमा चितवन जिमका विकल्पराज श्रेष्ठले स्वर्ण, चितवन जिमकै सन्जोक गुरुङले रजत तथा चितवन जिमकै प्रसन्न न्यौपानेले काँस्य पदक जिते । तौल समूह विजेताले २५ हजार, दोस्रोले १५ तथा तेस्रोले १० हजार रूपैयाँ प्राप्त गरेका छन् ।

पुरुष स्पोर्टस फिजिक्समा डायमण्ड फिटनेस भण्डाराका अनिस घलेले स्वर्ण, चितवन जिमका रिजन श्रेष्ठले रजत र रोयल जिमका सन्तोष स्याङ्तानले काँस्य तथा महिला एथ्लेटिक्स फिजिक्समा चितवन जिमकी आशा चौधरीले स्वर्ण, सि मोसनकी शर्मिला तामाङले रजत तथा पावरहाउस जिमकी वन्दना कुमारी चौधरीले काँस्य जितिन् ।  महिला एथ्लेटिक्स फिजिक्स तथा पुरुष स्पोर्टस् फिजिक्सतर्फ विजेताले ३० हजार, दोस्रो हुनेले २० तथा तेस्रोले १० हजार रूपैयाँ प्राप्त गरेका छन् ।

मास्टर तौल समूहमा ओम फिटनेस भरतपुरका मानबहादुर घर्तिले स्वर्ण जित्दा श्रेष्ठ जिम टाँडीका ईन्द्रबहादुर श्रेष्ठले रजत तथा पावर हाउसका विरबहादुर गुरुङले काँस्य जिते । मास्टरतर्फका विजेताले २५ हजार, दोस्रोले १५ तथा तेस्रो हुनेले १० हजार रूपैयाँ प्राप्त गरेका छन् ।

विजेताहरुलाई प्रतिनिधि सभा सदस्य प्रभा ढकाल, एनआरएनए आईसिसी भाईस प्रेसिडेन्ट प्रविण गुरुङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रमेश्वर पौडेल, आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रकाश गुरुङ, प्रथम मिस्टर चितवन राजकुमार मानन्धरलगायतले पुरस्कार वितरण गरे ।

अरुपनि पढ्नुहोस

सबै