पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

नवलपुर टुडे

सारांश
- पर्वतमा गएको बाढीपहिरोका कारण १७० घर पूर्ण र १३१ घर आंशिक रूपमा क्षति हुँदा ३०० परिवार विस्थापित भएका छन्।
- बाढीपहिरोले विद्यालय, स्वास्थ्य चौकी, मन्दिर, कृषि फार्म तथा पर्वत-बागलुङ जोड्ने झोलुंगे पुल र मध्यपहाडी लोकमार्गको पुलमा समेत क्षति पुर्याएको छ भने ग्रामीण सडकहरू अझै अवरुद्ध छन्।
- विस्थापित परिवारलाई स्थानीय प्रशासन, स्थानीय निकाय र नेपाल रेडक्रस सोसाइटी लगायतका संघसंस्थाहरूले त्रिपाल, खाद्यान्न तथा स्वास्थ्य सामग्रीलगायतका राहत वितरण गरेका छन्।
पर्वत । बाढीपहिरोबाट पर्वतका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, सात पालिकामध्ये ६ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो ।
सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।
कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् ।
जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
बाढीपहिरोले पाँचवटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ । पर्वत–बागलुङ जोड्ने झोलुंगे पुल मध्यपहाडी लोकमार्गको मालढुंगा पुलमा पनि क्षति भएको छ ।
जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने उनले जानकारी दिए ।
बाढीपहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक संघसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने, सरसफाइ र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन् ।

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै
अरुपनि पढ्नुहोस
सबै
यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?




