ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित शिक्षकको पुनर्बहाली

नवलपुर टुडे

सारांश
ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित भएका पाँचजना शिक्षकको पुनर्बहाली भएको छ । १० वर्षे जनयुद्धका कारण विस्थापित हुन पुगेका शिक्षकहरुलाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले पुनर्बहालीको पत्र दिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार द्वन्द्वको समयमा बिस्थापित हुँदा उहाँहरु रहेकै विद्यालयका लागि हालको गाउँपालिकालाई बोधार्थ दिएर शिक्षकलाई पुनर्बहालीको पत्र दिइएको छ ।
पुनर्बहाली हुनेमा एकजना माध्यमिक तह र चारजना प्राथमिक तहका शिक्षक रहेका इकाइ प्रमुख भट्टराईले बताउनुभयो । उहाँकाअनुसार पुनर्बहाली हुनेमा नन्दकुमार भण्डारी (माध्यमिक तह) लाई मिक्वाखोला गाउँपालिका अन्तर्गत पदस्थापनका लाागि सिफारिस गरिएको छ ।
यस्तै प्राथमिक तह (आधारभूत तह) अन्तर्गत पदमबहादुर येङ्देनलाई मिक्वाखोला, कमलप्रसाद मैनाली आठराई त्रिबेणी गाउँपालिकाका लागि सिफारिस हुनुभएको छ । त्यस्तै दीपक भण्डारी र जगतबहादुर दाहाललाई सिरिजङ्घा गाउँपालिकामा पदस्थापनका लागि पत्र दिएर पठाएको इकाइले जनाएको छ ।
सम्भव भएसम्म सिफारिस गरिएकै स्थानमा पदस्थापनका लागि सम्बन्धित गाउँपालिकालाई अनुरोध गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो । सरकारले गत फागुनमा सशस्त्र द्वन्द्वका समयमा पेशाबाट बिस्थापित भएका स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गर्दै द्वन्द्वकै कारण सेवाबिहीन बनेका शिक्षकको नामावली प्रकाशित गरेको थियो ।

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै
अरुपनि पढ्नुहोस
सबै
यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?
















