निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने

नवलपुर टुडे

सारांश
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुनेछ ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१(५) मा तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ ।
प्रतिनिधि सभामा पेस भएपछि महाअभियोगबारे छलफलको हुने समय तोकिन्छ । छलफल सकिएपछि सभामुखले प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुपर्नेछ । समितिले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्छ । १ फागुन २०७९ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।
प्रस्ताव दर्ता भएको लामो समय बितिसक्दा पनि बैठकमा पेस नभएको भनी सभामुख र सत्तारुढ दलहरुको आलोचना भएको थियो ।

कृषि उपज केन्द्रबाट किसान र उपभोक्ता लाभान्वित

लठैत र डकैती शैलीमा त्रिवि सभा हुनै सक्दैन : स्ववियु अलुम्नाई

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै
अरुपनि पढ्नुहोस
सबै
यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?
















