नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादव

नवलपुर टुडे

सारांश
काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन् । शनिबार ललितपुरमा बसेको पार्टीको प्रथम पूर्ण बैठकले एक नम्बर वरीयताको अध्यक्षमा भट्टराईलाई र अर्को अध्यक्षमा यादवलाई चयन गरेको हो ।
त्यस्तै सहअध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठ र उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह र दुर्गा सोवलाई चयन गरिएको छ । पार्टीको महासचिवमा रमेशप्रसाद यादव चयन भएका छन् । बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ ।
जसमा प्रदेश १ मा राजेन्द्र कुमार किराँती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी र सुदूरपश्चिम प्रदेशमा जनक शाह रहेका छन् ।
यस्तै गैर भौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ चयन भएका छन् । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली राखेको छ ।

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
अरुपनि पढ्नुहोस
सबै
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा रोक

आज देशका यी भूभागमा वर्षाको सम्भावना




