तनहुँमा राहदानीबाट तीन करोड बढी राजस्व संकलन

नवलपुर टुडे

सारांश
दमौली । तनहुँमा आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै तीन करोड भन्दा बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै तीन करोड ८२ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
कार्यालयले एक आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ राजस्व संकलन गरेको समेत निमित्त प्रमुख जिल्ला अधिकारीगैरेले बताए । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न शीर्षकमा चार करोड ९९ लाख ३२ हजार २० रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार एक वर्षको अवधिमा कार्यालयबाट ६ हजार ६ सय १९ जनाले राहदानी वितरण भएको छ । सो अवधिमा राहदानीका लागि ८ हजार ८ सय ५४ साधारण सिफारिस भएको छ भने ८ सय ७२ द्रुत सिफारिस भएको गैरेले बताए ।
राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक १२ हजार ६ सय र कम्पनी दर्ता/ नविकरण शुल्क बाट ११ लाख, ६५ हजार पाँच सय ९५ रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रशासनिक दण्ड जरिवाना जफतबाट ५० हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । यस्तै हातहतियार इजाजत पत्र दस्तुरबाट चार लाख आठ हजार तीन सय २५ रुपैयाँ राजस्व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ ।

महालक्ष्मीको १६ दिने व्रत समापन

जुम्लामा उद्योग खारेजी गर्नेको संख्या बढ्दै

यी हुन् दसैँ बिदामा घुमफिर गर्न उपयुक्त लमजुङका १० गन्तव्य

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा
अरुपनि पढ्नुहोस
सबै
बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा रोक

आज देशका यी भूभागमा वर्षाको सम्भावना

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था




