धरान उपमहानगरको कार्यपालिका बैठक एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि स्थगित

नवलपुर टुडे

सारांश
धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि बैैठक स्थगित भएको हो । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो ।
‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्याकजुरुक्क उठ्नुभयो । बहिष्कार गरेको भन्दै बैठकबाट बाहिरिएपछि कार्यपालिका स्थगित भएको हो । किन स्थगित गरेको कारणबारे केही बोल्नु भएन । कार्यपालिका बैठकमा आफ्नो कुरा राख्ने, विरोध गर्ने अधिकार त थियो नि । तर, बिना छलफल र जानकारी नै नदिई यसरी बैठक बहिष्कार गर्नु स्वभाविक भएन । उहाँहरुले दलीय रुपमा असयोग गर्न खोजेको हो भने त्यो गलत हुनेछ,’ उपप्रमुख बेघाले भने ‘आजको बैठकमा बाटोको मापदण्डको विषय, संस्थागत विद्यालयको पदपुर्ती र सुधार सम्बन्धी योजना, कर्मचारीहरुको मुल्यांकन लगाययतको विषय थिए ।
कार्यपालिकामा बहुमत सदस्यले बहिष्कार गरेपछि एजेण्डा अगाडी नै बढेन सकेन । कार्यपालिका बैठक स्थगित भएपछि मेयर हर्क साम्पाङ्ग राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘आज अनेकन एजेन्डामध्ये साबुन फ्याक्ट्री खोल्ने र खानेपानीको लागि ठूलो जलाशय बनाउने मेरा एजेन्डाहरु थिए तर कार्यपालिका बैठक बस्न सकेन । आशा छ छिट्टै बसिनेछ बैठक र पारित हुनेछन् । ’
धरान उपमहानगरमा मेयर हर्क साम्पाङ्ग र एमाले बिचको द्वन्द्व चर्किँदै गएको छ । एमालेकी नेतृ रहेकी मेयरमा पराजित मञ्जु भण्डारीले सहकारीको विषयलाई लिएर उपमहानगर विरुद्ध मान्छे उचालेको भन्दै मेयर राईले सामाजिक सञ्जालमा विरोध गरेका थिए । त्यसपछिको स्टाटसहरुले विवाद बढ्दै गएको थियो ।
धरान उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत रहेकोले मेयर हर्क साम्पाङलाई असहयोग रहेको छ ।

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा रोक

आज देशका यी भूभागमा वर्षाको सम्भावना

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
अरुपनि पढ्नुहोस
सबै
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग




