Opens in a new tab

क्यान्सर केयर सेन्टरलाई चलाउने सम्पूर्ण जिम्मा लहान नगरपालिकाले लिए

नवलपुर टुडे

29Shares

सारांश

महेश सिंह
सिरहा । सिरहाको लहान नगरपालिका- ७ स्थित स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्था लहान क्यान्सर केयर सेन्टरलाई संचालन गर्ने जिम्मा लहान नगरपालिकाले लिएको बैठकले निर्णय गरेका छन्।

लहानका मेयर महेश चौधरीलाई सम्मान गर्दै अस्पताल अध्यक्ष र कार्यरत रहेका डाक्टरहरु संग कुरा गर्दै अस्पताल र नगरपालिका संग विधि संम्बत समझौता गरी निर्णय गरेका हुन्। उक्त सेन्टरमा क्यान्सर बाहेक अरु रोगहरुको ओ.पि.डि.सेवा उपलब्ध रहेका छन् । आधुनिक ल्याब एक्सरे मेमोग्राफी कल्पोस्कोपी भिडियो एक्स- रे र प्रत्येक शनिबार पुर्वान्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुद्वारा सेवा दिने गरेका छन्।

कार्यरत डा.महेश साह,डा.कुशुम यादव,मंन्दिप गौतम, सुभाष चौधरी, पुस्पेन्द्र कुमार यादव, प्रमोद कुमार दास लगायतका डाक्टरहरु कार्यरत रहेका अस्पतालका अधिकारी ब्यक्ति अशोक लाल अमात्यले जनाए।