दलित वडा अध्यक्षलाई ज्यान मार्ने धम्की

नवलपुर टुडे

सारांश
सप्तरी । बोदेबरसाइन नगरपालिका – २ का वडा अध्यक्ष रामप्रसाद रामलाई एक समूहले ज्यान मार्ने धम्की दिएका छन् । बिहिबार बेलुकी करिब ६, बजे नेगडा चौकको चिया पसलमा बसिरहेका बेला चारजना युवाहरुको समूहले पसलमा पसेर एक्कासी गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको अध्यक्षले बताएका छन् । उनले भने, म चिया पसलमा बसिरहेको थिए । उनीहरू एक्कासी आएर हमला गरे । हमला गर्नेहरुमा प्रवीण यादव, सुशील यादव, अमर यादव लगायतका रहेका छन् । हमला गर्नेहरू लागु ओषधी सेवन गर्ने ब्रोकरहरु रहेको समेत बुझिएको छ ।
गाली गलौज सुरु भएपछि स्थानीयहरुको भिड बढ्न थालेपछि र प्रहरीलाई खबर पुगेपछि उनीहरू भागेका थिए । प्रहरीले एक जनालाई मात्र समातेको छ । तीन जनालाई समात्न आनाकानी गरिरहेको पीडित अध्यक्षले बताएका छन् ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियानका जिल्ला प्रवक्ता समेत रहेका अध्यक्षलाई केही गलत तत्वहरुले अभद्र व्यवहार गरी ज्यान मार्ने धम्की दिएको विरुद्धमा जिल्ला संयोजक प्रथमलाल रामले घोर भत्सर्ना गर्दै, दोषीहरुलाई अविलम्ब पक्राउ गरी कानुनी कार्वाही गर्न माग गरेका छन् ।
दोषीलाई पक्राउ गरी कानुनी कार्वाही नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनिहरुले थप कुरा बुझ्न स्थानीय प्रहरीलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

बाढीपहिरोका कारण गलकोटमा कति घरमा भयो क्षति ?

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा, ३ वर्षसम्म खरिद प्रक्रियामा रोक

आज देशका यी भूभागमा वर्षाको सम्भावना

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
अरुपनि पढ्नुहोस
सबै
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग




