राजस्व छलि सुर्तीजन्य पदार्थ भण्डारण गरी कारोबार गर्ने चार जना पक्राउ

नवलपुर टुडे

सारांश
काठमाडौं । भारतबाट राजस्व छलेर ल्याएर कच्चा सुर्तीको कारोबार गर्ने चारजना पक्राउ परेका छन्। राजस्व छलेर ल्याउने र भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका-३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका-१२ घर भएका ५३ वर्षीय सुरेश पोख्रेल, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने सर्लाही बिष्णु गाउँपालिका-३ घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौं सिनामंगल घर भएका ३८ वर्षीय अरबिन्द अग्रवाल रहेका छन्।
काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेो जनाएको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न पोष्टराजलाई काठमाडौं पेप्ससीकोला र दिनेशलाई काठमाडौं कुलेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका क्रममा उनीहरूले भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरबिन्द र सुरेशले संचालन गरेको ललितपुर महानगरपालिका-२१ खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरी राखेको खुलेको छ।
राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको दुईवटा गोदाम र अफिस तलासी गर्दा राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २ सय केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो।
उक्त गोदाम राजस्व अनुसन्धान विभाग र स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल गरिएको छ। पक्राउ परेका सवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ।

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

दाङमा थारु परिकारलाई ‘बजारीकरण’ गरिँदै

बाढी–पहिरोपछि म्याग्दीको पुनरुत्थान, सरकारी संयन्त्रसँगै स्थानीयवासीको हातेमालो

भोटेकोशी बाढी प्रभावितका लागि फिदिम नगरपालिकाद्वारा साढे ४७ लाख सहयोग
अरुपनि पढ्नुहोस
सबै
महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु




