संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

नवलपुर टुडे

सारांश
काठमाडौं, साउन १९ । सत्ता गठबन्धनको बैठक आज बिहान बस्ने भएको छ । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका थिए ।
त्यसैले, देउवाले आजका लागि बैठक आह्वान गरेका हुन् । “मंसिर ४ कै लागि भनेर निर्वाचन मिति प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ,” गठबन्धनका एक नेताले भने, “अन्य दलका नेताहरूले आआफ्ना दलमा छलफल गरेर आउनुहुनेछ ।”
प्रधानमन्त्री देउवा निर्वाचन मिति तोक्ने विषयमा तयार भएर बसे पनि एकपटक गठबन्धन दलको अनुमति लिएरै अघि बढ्ने प्रयासमा रहेको ती नेताले बताए ।

महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा
अरुपनि पढ्नुहोस
सबै
सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित


कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू




