डहरे खोलाको डर हरेक बर्ष, सम्बन्धित निकाय निरिह

नवलपुर टुडे

सारांश
कृष्ण प्रसाद भट्टराई
बुटवल, श्रावण १८ । गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत पर्ने डहरे खोलामा पुल नबन्दा यात्रा गर्न निकै कठिन भइरहेको छ ।
प्रदेशकै ब्यस्त सडक मध्येको एक बुटवल बुर्तिबाङ सडकखण्ड अन्तर्गत पर्ने उक्त खोलामा बर्सेनि दलदले माटो बगेर आउने र हालसम्म पनि पुल नबन्दा रिडि रुद्रबेनी हुँदै चोरकाटे, शान्तिपुर, मजुवा, बुर्तिबाङ,हटिया लगायतको यात्रा गर्न कठिन हुने गरेको छ ।
दलदले खोला भएकाले पानी पर्दा खोला बढेर तर्न सकिने अवस्था रहदैन।यस खोलाले बिगतमा विभिन्न गाडीहरु समेत बगाएको साथै गत बर्ष मात्रै एउटा मालबाहक ट्रक नै बगाएर लाखौंको क्षती भोग्नुपरेपछि पनि हालसम्म त्यसको उपयुक्त बिकल्प खोज्नको लागि सम्बन्धित निकायले चासो नगरेका कारणले पनि बर्सेनी हजारौं यात्रुहरुले कस्टकर यात्रा गर्न त बाध्य छन नै यातायात ब्यवशायीले समेत ठुलै जोखिम मोलेर त्यो रुटमा गाडी चलाउन बाध्य रहेको गुनासो गर्दै आएका छन ।
उक्त खोलामा गएरातिको बार्षातको कारण बुधबार पनि दिनभर गाडीहरु अबरुद्ध बनाएको थियो भने साझ पख डोजर लगाएर जेनतेन गाडीहरु तारिएको थियो। पुलको आवश्यकता भएको यस खोलालाई क्षेत्र न १ का नेताहरुले पुलको एजेन्डा उठाउदै चुनाब जित्दै गर्दा अहिलेसम्म पनि पुल नबन्नु दु:खद रहेको स्थानिय र चालकहरुको दुखेसो रहेको छ।
फलस्वरूप हरेक दिन जसो पानी पर्दा, बुटवल बुर्तिबाङ लगायतका सयौ यात्री अलपत्र पर्दै आएका छन।

महाकाल युवा शक्ति कपिलवस्तुको नगरस्तरीय कार्यालय उद्घाटन

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा
अरुपनि पढ्नुहोस
सबै
सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित


कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू




