करियर ग्रुपका चापागाई अमेरिकाको मुलधारको राजनितिमा

नवलपुर टुडे

सारांश
कृष्ण प्रसाद भट्टराई
बुटवल । पाल्पाको रामपुरमा नगरपालिका साबिक गेझामा जन्मिएका सतिश चापागाई अमेरिकाको बाल्टिमोर काउण्टिको डिष्ट्रिक ‘७ए’ बाट डेमोक्रयाटिक पार्टीको केन्द्रिय सदस्यमा निर्बाचित हुनु भएको छ ।
उहाँले ४ हजार ३ सय ४४ मत प्राप्त गरेर सत्तारुढ दलको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । नेपालमा रहँदा पाल्पामै सक्रिय पुर्णकालीन पत्रकारिताका साथै विभिन्न सामाजिक तथा युवा सुढृढिकरणमा बिशेष योगदान पुर्याउदै युवाहरुको संस्था करियर ग्रुप नेपालको समेत स्थापना गरि संस्थापक अध्यक्ष रहनुभएका चापागाईले अमेरिकामा पनि पत्रकारिता र सामाजिक सेवा गर्दै आउनु भएको छ ।
करियर ग्रुप नेपाल पाल्पा लगायतका केही जिल्लामा सक्रिय संस्था हो । यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सहयोग पुर्याउन यो संस्था स्थापना भएको थियो ।
आफू अमेरिकाको सत्तारुढ पार्टीको सदस्य निर्बाचित भएलगत्तै सामाजिक संजालमा लेख्नुभएको थियो “मैले मेरो पत्रकारिता र सामाजिक कर्मका क्रममा पटक पटक भन्दै आएको छु की ‘हामी पलायन होईन बिस्तार भएका हौं ।’ अमेरिकी राजनीतिको मूल प्रवाहमा भएको मेरो यो विजय पनि त्यहि श्रृंखलाको अर्को एउटा कदम मात्र हो ।” उहाँले दर्शन रौनियारबाट शुरु भएको अमेरिकी राजनीतिको मुल प्रवाहमा प्रवेशको यात्रा किरण सिटौला, ह्यारी भण्डारी, प्रदीप ढकाल, टीका पौडेल, भुवन प्याकुरेल, रामचन्द्र श्रेष्ठ र सराहना श्रेष्ठसम्म सफलतापूर्वक आएको स्मरण गर्नु भएको छ ।
अमेरिकाको मूलधारको राजनीतिमा प्रतिस्पर्धामा उत्रेर पहिचान बनाउन सफल नवराज केसी, मोहन ज्ञवाली र दिनेश शर्मा, काशी अधिकारी, अर्जुन हमाल, ईन्द्र बहादुर थापा र अमृता रेग्मीलाई पनि बिर्सन नहुने उहाँले उल्लेख गर्नु भएको छ । ‘पद’ ठुलो कुरा होईन ‘पथ’ महत्वपूर्ण कुरा भएको बताउदै चापागाइले अथाह सम्भावनाको भूमीमा नेपाली सबै मिलेर आप्रवासी र सिमान्तकृत वर्गको हीतका लागि राजनीतिको मूल प्रवाहमा अगाडी बढ्न आह्वान पनि गर्नु भएको छ ।उहाँले लेख्नु भएको छ, “यो एउटा लामो यात्रा हो । यसलाई आयतनमा होईन आयाममा नापौं । सबै सहभागी बनौं र समाहित बनौं ।”

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




