Opens in a new tab

घटना

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

नवलपुर टुडे
२०८३ अशोज १६ | बिहान १०:०६ बजे

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने करिब ३८/४० वर्षीय कृष्ण चौधरी रहेका छन्।

चौधरी बिहीबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

कमेन्टहरु