प्रहरीद्वारा विराटनगरबाट ६१ किलो गाँजा बरामद

नवलपुर टुडे

सारांश
मोरङ, साउन १८ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका – १४ जतुवाबाट ६१ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बुधबार दिउँसो प्लाष्टिकको पोका बनाएर सिटी सफारीमा लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक एवं प्रवक्ता नवीनराज राईले को २ ह ४६१० नम्बरको सिटी सफारीमा लोड गरी पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको जानकारी दिए । प्रहरीले गाँजा लोड गरिएको सफारीलाई नियन्त्रणमा लिएको छ । सफारीका चालक भने प्रहरीलाई देख्नासाथ फरार भए ।
सफारी कसको हो भन्ने खुल्न नसकेको प्रवक्ता राईको भनाइ छ । अहिले सफारी र गाँजाको मालिकबारे जानकारी लिने काम भइरहेको उनले बताए ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




