विद्यार्थीमा ज्वरो बढेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय आजदेखि बन्द

नवलपुर टुडे

सारांश
दाङ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन्।
गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए।
गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेपछि आजबाट कार्यान्वयनमा आएको हो ।
कोरोना संक्रमण पनि बढिरहेको हुँदा भाइरल ज्वरो बढेपछि जोखिम कम नभएसम्म एक साताका लागि विद्यालय बन्द गर्नु परेको विकको भनाई छ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




