केराबारीमा पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

नवलपुर टुडे

सारांश
चितवन, साउन १८ । एक दिनपछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा गएराति २ बजे फेरि पहिरो खसेको जिल्ल प्रहरी कार्यालय, चितवनका डीएसपी नरहरि अधिकारीले बताए। पहिराले सडक फेरि अवरुद्ध भएको छ।
यसअघि सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। मंगलबार दिनभर लागेर पहिरो पन्छाएपछि राति १० बजेदेखि सञ्चालनमा आएको थियो। सञ्चालनमा आएको चार घण्टामै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको डीएसपी अधिकारीले बताए। उनका अनुसार केराबारीमा पहाडको ढिस्को सहित पहिरो खसेको छ।
सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रु बाटोमै रोकिएका छन्। सडकमा गाडीका लामो लाइन लागेको छ । यो सडकमा बारम्बार पहिरो खस्दै आएको छ। वर्षायाम शुरु भएयता दर्जनौं पकट सडक अवरुद्ध भएको छ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




