भारतद्वारा माल्दिभ्स पराजित, नेपाल खेलबाट बाहिरियो

नवलपुर टुडे

सारांश
काठमाडौँ । यू–२० साफ च्याम्पियनसिपको फाइनल डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने भएको छ । भुवनेश्वरमा भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले हरायो र यससँगै उसको फाइलन यात्रा निश्चित भएको हो । यो नतिजापछि नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ ।
भारत त्यस खेलमा पराजित रहेको भए नेपाल फाइनल पुग्ने थियो । भारत नौ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रह्यो । भारतका लागि गरकित सिंहले खेल सकिन एक मिनेट अगाडि निर्णायक गोल गरे । खेलको अन्त्यमा भारत १० खेलाडीमा सीमित रह्यो । पार्थिव गोगोइ रातो कार्डसँगै मैदान छाड्न बाध्य रहे । नेपाल भने सात अंकमै सीमित रह्यो ।
नेपालले यसअगाडि बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग पराजित हुनु नै फाइनल पुग्न नसक्नुको मुख्य कारण बन्यो ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




