निउरो टिपेर घर फर्किने क्रममा खोलाले बगाएर एकको मृत्यु, एक जना बेपत्ता

नवलपुर टुडे

सारांश
बुटवल, साउन १७ । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कोइली नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
अविरल वर्षासँगै खोलामा आएको बाढीले एक दम्पतीलाई बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएका दुई जनामध्ये श्रीमतीको शव फेला परे पनि श्रीमान भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार बिहान वाणगंगा नगरपालिका वडा नं.९ को स्थित मा कोइली नदीले वाणगंगा – ७ निवासी वीर बहादुर सुनार, उनकी श्रीमती लक्ष्मी सुनार र निजहरूको छोरा निरज सुनारलाई बगाएको हो ।
निरजलाई स्थानीयले देखेर खोलाबाट सकुशल उद्धार गरे पनि वीरबहादुर र लक्ष्मीलाई बगाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । लक्ष्मीको शव बगेको ठाउँभन्दा एक किलोमिटर तल भेटिएको थियो । मंगलबार बिहान जंगलमा निउरो टिप्न गएका उनीहरू घर फर्किने क्रममा खोला तर्दा बाढीले बगाएको हो ।
अहिले इलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल पिपरा र इलाका प्रशासन कार्यालय वाणगंगाको एक विशेष टोलीले वीर बहादुरको खोजी कार्य गरिरहेको जनाएको छ ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




