म्याग्दीमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु, तीन जना बेपत्ता

नवलपुर टुडे

सारांश
म्याग्दी, साउन १७ । अविरल वर्षासँगै गएराती गएको पहिरोमा परी म्याग्दीमा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
जिल्लाको मालिका गाउँपालिका–२ रुम गाउँका घामबहादुर विकको पहिरोले घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको हो । घरमाथिको पाखोबाट आएको पहिरोले तीनवटा घर पुरिँएको हो ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सो पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी अझै बेपत्ता रहेको र स्थानीयबासीले उनीहरुको खोजीकार्य गरिरहेका छन् ।
स्थानीयबासीले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ खटिएका छन् ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




