मदिरा सेवन गरी विद्यालय प्रवेश गरेका प्रधानाध्यापक पक्राउ

नवलपुर टुडे

सारांश
जाजरकोट, साउन १६ । जाजरकोट प्रहरीले मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई पक्राउ गरेको छ । जिल्लाको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्ललाई मदिरा सेवन गरी विद्यालय गएको आरोपमा पक्राउ गरेको हो ।
उनी सोमबार बिहान मदिरा सेवन गरी विद्यालय प्रवेश गरेका थिए । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो । उनलाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।
अस्पतालको रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




