लाईस क्लव अफ पोखरा चौतारीको २४औ बर्ष प्रवेश

नवलपुर टुडे

सारांश
पोखरा । लाईस क्लव अफ पोखरा चौतारीको २४औ बर्ष प्रवेस गरेको अवसरमा आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । सो अवसरमा पोखरा २५ हेम्जास्थित मानवसेवा आश्रममा खाद्यन्न, बितरणका साथै बृक्षारोपण समेत गरीएको छ ।
समारोहमा लाईस क्लवका प्रथम भिडिजी हरि मरठ्ठालगायत अन्य पदाधिकारीले आश्रमका अभिभावक दिनेश शर्मा खाद्यन्न हस्तान्त्रण गरेका थिए । आश्रममा आवश्यक रहेका दाल तेल र मरमसलाहरु हस्तान्त्रण गरिएको हो ।
कार्यक्रमा बोल्दै लाईस क्लवका प्रथम भिडिजी हरि मरठ्ठाले साँचिकै मानव सेवामा रहेको उक्त आश्रमलाई आफ्नो क्लवले थप सहयोग गर्ने वताए । पिडिजी धुब थापाले धर्मका लागि मन्दिरमा मात्र होईन मानव सेवामा भगवान खुसि हुने वताए ।
कार्यक्रमा क्लवका अध्यक्ष गुरु पौडेल, लाईन्सका बिभिन्न पदाधिकारी मध्ये, तेज बहादुर भटट्राई, प्रजापति बास्तोला, पुरुषोतम पराजुली, क्लका संस्थापक अध्यक्ष अर्जुन बन्जरा, जगदिस अधिकारी र कार्यक्रम सम्योजक रमेश पौडेलले लाईन्स वाद र मानव सेवाका बारेमा बोल्लेका थिए । सो अवसरमा संस्थापकहरुलाई सम्मान गरिएको छ ।
आश्रमका अभिभावक दिनेश शर्माले हाल आश्रमा १ सय भन्दा बढी असक्क्त, बिरामी मनोरोगी र बृद्धहरु रहेको वताए । उनले सवैको साथ र सहयोगवाट आश्रम सञ्चालन भएको वताए ।
६३ रोपनी जग्गामा रहेको सो आश्रमको गुरु योजना १ अरवको रहेको छ । हाल ३ तले भवन समेत निमार्णाधिन रहेको छ । सो भवनका लागी लाईस क्लव ३२५ बिले १ लाख डलर सहयोग गर्न बचन यस अगाडी गर्वनर बिशेश्वर आर्चायले वताएका थिए ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




