इरानमा बाढीका कारण ५९ जनाको मृत्य, ३० जना बेपत्ता

नवलपुर टुडे

सारांश
एजेन्सी । अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् ।
रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको छ ।
राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घसङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




