कृष्णनगर भन्सार कार्यालयको एकपछि अर्को सफलता

नवलपुर टुडे

सारांश
अजय मिश्र
कृष्णनगर साउन १५ । कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाएसँगै भन्सार कार्यालय कृष्णनगरले अवैध सामान समात्न सक्रियता देखाएको छ l नेपालीहरूको चाड हरि तालिका तिज नजिकिदै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउदै आएका छन् l
कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले कपिलवस्तु जिल्लाको गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउदै गरेको लु.१. ख ७७७० नम्बरको ट्रकमा राति २:३० बजेको समयमा उक्त गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भन्सार नगरेको २९ पोका कपडा लगायत अन्य कपडा फेला पारी ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ l
नियन्त्रणमा लिइएको कपड़ाको अन्दाजी मूल्य चौबीस लाख पर्ने भन्सार कार्यालय कृष्णनगरले जनाएको छ l पक्राउ गरिएको कपड़ा कसको हो भन्ने पत्ता नलागेकाले उक्त गाड़ीका चालकलाई नियन्त्रणमा लिई सोधपुछ गरी रहेको कृष्णनगर भन्सार कार्यालयका निमित्त प्रमुख ठाकुर गौतमले जानकारी दिए l
गत हप्ता समेत कृष्णनगरका भन्सार कार्यालयले अवैध रूपमा नेपाल भित्र्याइएका ८१ राँगापाडा, २१५ खसी बोका नियन्त्रणमा लिई लिलाम बिक्री गरिसकेको कार्यालयले जनाएको छ l
बरामत सामान:


भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




