जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, शपथ बेलुकी ५:३० बजे

नवलपुर टुडे

सारांश
काठमाडौं, साउन १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री नियुक्त गरेकी हुन्।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी सूचनामा उल्लेख छ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ। राष्ट्रपति कार्यालय स्राेतका अनुसार शपथ बेलुकी ५:३० बजे गर्ने तयारी भइरहेकाे छ। नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउन गरेको निर्णयअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए।
आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते राजीनामा दिएका थिए । शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




