झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

नवलपुर टुडे

सारांश
झापा । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आइतबार मृत्यु भएको छ । साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नं को स्कुटीलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा स्कुटी चालक झापा–६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् । घाइते उनीहरूको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रवक्ता थापाले बताए ।
एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड–१० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रण रहेका छन् । रासस

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




