चोरीका सामान किन्ने व्यक्ति पक्राउ, मुख्य चोर खोज्दै प्रहरी

नवलपुर टुडे

सारांश
बुटवल । चोरीका सामान किन्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक सुनिलकुमार जैसवाललाई पक्राउ गरेको हो।
भारतको मोतहारी जिल्लाका जैसवाल ललितपुरस्थित बालकुमारीमा कवाड पसलका सञ्चालक हुन् । चोरीको भन्ने जानेरै ती सामान खरिद गरेको कसूरमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
गत ९ जेठमा बुद्धनगरस्थित रोशन भण्डारीको डेराबाट मोबाइल र ल्यापटप चोरी भएको घटनाको अनुसन्धानका क्रममा जैसवाल पक्राउ परेका हुन्।
प्रहरीका अनुसार जैसवालको साथबाट १२१ तोला चाँदी र ९ ग्राम सुनका गहना, ३ वटा टेलिभिजन, २/२ वटा कम्प्युटर र मोबाइल, चरेसका भाँडाकुडा, पानी तान्ने मेसिन, खुकुरी, घडीलगायतका सामान नियन्त्रणमा लिइएको छ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा ती सामान कवाडी उठाउने व्यक्तिबाट खरिद गरेको बुझिएको छ,’ उनले भने, ‘चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको छ।’ जैसवाललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको छ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




