भोलि एमाले नवलपुरको जिल्ला स्तरीय प्रशिक्षण

नवलपुर टुडे

सारांश
कावासोती । नेकपा एमाले नवलपुरले भोलि सोमबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जबजका मान्यताका आधारमा पार्टी निर्माण र परिचालन, स्थानीय तह निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारी, पार्टी र जनप्रतिनिधि बिचको अन्तर्सम्बन्ध र समाजवादका आधार निर्माणका योजनाहरू साथै पार्टी सञ्चालन विधि, पद्धति, अनुसासन र आचारसंहिताका विषयमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सञ्चालन हुने एमाले नवलपुरका उप सचिव भिमलाल कँडेलले बताउनुभयो ।
साउन १६ गते सोमबार बिहान ११ बजेबाट कावासोतीमा रहेको स्वस्तिक पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम हुने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटी सदस्य र जिल्ला सल्लाहकार परिषद सदस्यहरू, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, जिल्ला लेखा कमिटीका सदस्यहरू, सबै जिल्ला विभागका सदस्यहरू, जन सङ्गठनका जिल्ला सदस्यहरू, सबै पालिका कमिटीका सदस्य र पालिका सल्लाहकार परिषदका सदस्यहरू, सबै वडा कमिटीका अध्यक्षहरू, जिल्ला समन्वय समिति र स्थानीय पालिकाका सबै जनप्रतिनिधिहरू, उपविजेता वडाध्यक्ष सहितको सहभागिता रहने उप सचिव कँडेलले बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सहितका नेताहरूले प्रशिक्षण प्रदान गर्ने उहाँले बताउनुभयो । एमाले नवलपुरले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम लगतै पालिका देखि वडासम्म प्रशिक्षण भेलाहरू राख्नेसमेत तयारी गरेको छ ।
पार्टीलाई मजबुत र सङ्गठित गराउँदै अब हुने प्रदेश र संघको निर्वाचनको तयारीमा एमाले नवलपुर अघि बढेको बताएका छन ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




