मोफसलबाटै सङ्घर्ष गरेका तनहुँ दमौलीका गायक राना चर्चामा

नवलपुर टुडे

सारांश
तनहुँ, साउन १५ गते । गायक सञ्जीवसिंह राना मोफसलबाटै नेपाली साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रदर्शन गर्ने गायक रानाको गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएको छ ।
२०६६ सालमा तनहुँको खैरेनीटार महोत्सवमा गरिएको ‘पश्चिमाञ्चाल तारा’ गायन प्रतियोगितामा गायक राना प्रथम हुनुभएको थियो । व्यास नगरपालिका–३ देउराली दमौलीमा जन्मिनु भएका गायक राना दमौलीबाटै सङ्घर्ष गरेर चर्चामा आउनुभएको छ ।
गायक राना मोफलबाट चर्चामा आएकोले क्षमता हुनेको लागि मोफसल बाधक बन्दैन भन्ने उदाहरण बन्नुभएको छ । लोक, आधुनिक, पप सबै प्रकारका गीत गाउन सक्ने क्षमता भएकाले गायक रानाको व्यस्तता बढ्दै गएको छ । उहाँलाई स्वदेश तथा विदेशमा हुने मेला, महोत्सव तथा साङ्गेतिक कार्यक्रममा जान भ्याइ नभ्याई हुन्छ । गायक रानाले गाउनु भएका थुप्रै गीतहरु चर्चामा आएका छन् । पाँच वर्ष अघि रेकर्ड भई ‘मामा’ एल्वममा समावेश
‘ए मेरो माया फुल बुट्टे जामा, किनदिउँला गोरीलाई नक्कली मोरीलाई र लुकी लुकी हेर्ने बानी परेको बादलु सरेको पानी परेको…’ बोलको पप गीतले चर्चा कमाएको छ । गायक रानाकै शब्द, सङ्गीत र स्वर रहेको यो गीत युटुबमा ३८ लाख ४१ हजारभन्दा बढीले हेरेका छन् ।
यस्तै गायक रानाको दुई वर्ष अघि मामा २ एल्वममा समावेश ‘वाट टु वान म जान्छु जुनकिरीलाई लिएर काठमाडौं सहर…’ बोलको गीतले चर्चा कमाएको छ । यस गीतमा पनि शब्द तथा सङीगित गायक रानाकै छ । गायक रानाकै आफ्नै युटुवबाट बजारमा ल्याइएको यस गीत ६४ लाख २२ हजारभन्दा धेरै पटक युटुबमा हेरिएको छ ।
‘धन मागे त छैन, मन मागेमा दिउँला यो जोवन मनै परे, जुग जाने माया गरे, सँगैसँगै जीउँला…’ बोलको राजकुमार बगरको शब्द र सङ्गीतको २०६९ सालमा गाएको पहिलो गीत नै रानाले चर्चा कमाउन सफल भएको थियो । बगरकै शब्द र सङ्गीत रहेको ‘मैलै माया लागेको तिमीसँगै हो’ बोलको गीतले पनि गायक रानालाई चर्चामा ल्याएको थियो ।
त्यसैगरी, टीका भण्डारी– सङ्गित र सूर्यकुमार घायलको शब्द रहेको ‘हिंड्दा हिंड्दै दोबाटोमा’ बोलको गीत पनि गायक रानाको चर्चित गीत हो ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




