हार – जित

नवलपुर टुडे

सारांश
म जलेँ तिम्रो मायाले
म हारेँ तिम्रो जितले ।
हजारौंको आँसु झार्छ रे
हाम्रो त्यो प्रेम गीतले ।
बीस दिएकी रहिछ्यौ तिमीले
मैले अमृत पो ठानी पिएँ ।
झुटो माया गरेकी रहिछ्यौं
मैले भने चोखो माया लाएथें ।
मैले साँचो कुरा बोल्दा
मैले बोल्न जानिनँ रे ।
इमान्दारीको ठाउँ छैन यहाँ
मलाई शिक्षित जस्तो लागेन रे ।
जति चोट दिनु थियो
मलाई तिमिले दिइसक्यौं ।
अब त कुनै ठाउँ छैन
मेरो रगत पनि पिइसक्यौं ।
म जलेँ तिम्रो मायाले
म हारेँ तिम्रो जितले ।
दुनियाँको मन छुन्छ रे
हाम्रो त्यो प्रेम गीतले ।
नेपथ्य भित्रको आवाज
पेज ५८ बाट साभार
लेखक :तिलु खोजेली मगर

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




