गुल्मीको तेस्रो पुलचोक कपको उपाधी सिद्धबाबा माध्यमिक विद्यालयलाई

नवलपुर टुडे

सारांश
इन्द्रजित नेपाली
गुल्मी, साउन १४ । गुल्मीको तेस्रो पुलचोक कपको उपाधी सिद्धबाबा माध्यमिक विद्यालय तम्घास गुल्मीले हात पारेको छ । साउन ११ गतेदेखि सुरु भएको तेस्रो पुलचोक कप शनिबारको दिन औपचारिक कार्यक्रम आयोजना गरी समापन गरिएको हो ।
पालुखा माध्यमिक विद्यालय इस्मा गा.पा.- २ गुल्मीलाई ३-१ गोलले हराउँदै सिद्धबाबा माध्यमिक विद्यालय प्रथम भएको हो । कार्यक्रमको प्रथम पुरस्कार नगद २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र रहेको थियो । अन्य पुरस्कारमा हाइजेस्ट गोल स्कोरर, बेस्ट स्टाइगर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, इमर्जिङ्ग प्लेयर, फेयर प्ले अवार्डले खेलाडीलाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा विभिन्न विद्यालयबाट १० टिम दर्ता भएका थिए । क्लबले विगतका वर्षमा पनि आफ्नो बार्षिकोत्सवको अवसरमा छात्रा फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




