गठबन्धनले समाजलाई संकट तिर लागिरहेको छ : महासचिव पोखरेल

नवलपुर टुडे

सारांश
दमौली : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान ५ दलीय गठबन्धनको सरकारले समाजलाई संकट तिर लागिरहेको बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी तनहुँलेआयाेजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलले बताए । महासचिव पोखरेलले मुलुकको परराष्ट्र नीति पूर्णत असफल भएको बताए। राष्ट्र निर्माणमा गठबन्धन भन्दा पनि बलियो संगठन आवश्यक रहेको र त्यो एमालेसँग मात्र रहेको महासचिव पोखरेलको जिकिर छ ।
पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरूको झुन्ड भएको संज्ञासमेत दिएका छन् ।पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूमा विचारको समानता नभएको पोखरेलको टिप्पणी छ । यसका साथै उनले सरकारले संघिय निर्वाचन आयोगले तोकिएको समय भित्रै गर्नूपर्ने जिकिर गरे ।
जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा एमाले सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले बोलेका थिए ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




