रामग्राम – ५ को नाला भाँसिदा स्थानीयलाई सास्ती, सरोकारवाला मौन

नवलपुर टुडे

सारांश
रामजी प्रजापति
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको रामग्राम – ५ को बाटो अन्योलमा रहेको धेरै दिन भैसक्दा पनि स्थानिय जनप्रतिनिधि तथा नगरपालिकाको ध्यानाकर्षण हुन सकेको छैन ।
बिगत केही महिना अघि बाटो खनेर साईडमा नाला बनाउने क्रम जारी थियो । तर, उक्त नाला भाँसिएर दुई नदिको एक किनारा भए झै भएको छ, रामग्राम – ५ ड्राइभर टोल परासी । ड्राइभर टोलको बाटो मेन हाईवेमा जोडिएर सदरमुकाम परासीको बजारमा आएको छ । जोडिएको बाटोबाट धेरै ब्यापारी, किसान र स्थानियहरु बजार गर्न आउने गर्छन । तर, उक्त बाटो बिग्रेर ज्यान जोखिममा राखेर स्थानिय लगायत अन्य ब्यापारीहरु आउने गर्छन । दुर्घटनालाई निम्त्याउदै गरेको बाटो हिडन बाध्य भएका स्थानियहरुको गुनासो आएको छ।
जोखिम पुर्ण अवस्थामा रहेको रामग्राम- ५ को नाला २० लाखमा पूरा हुने गरि निकासा भएको बजेट शून्य बराबर भएको छ । उक्त ड्राइभर टोलको नाला पुर्ण रुपमा बनाउनको लागि २० लाख छुट्टयाइएको पाएता पनि नालाको काम आधा पनि नभएको गुनासो स्थानीयले बतएका छन।
हाईवे रोडमा टाँसिएको रोड मुल बजारमा स्थानीय तथा बजारकर्मिहरु आउने जाने हुदा बाटो र नालाको अवस्था देखेर बडा प्रमुखको लापरबाही भएको बताउछन । नव निर्वाचित अध्यक्ष कुनै प्रकारको निर्णय लिन असमर्थ रहेको र तुरुन्त कार्यवाही गर्न नसक्ने अध्यक्ष प्रति गुनासो वडा बासिन्दाहरुले गुनासो पोखेका छन ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




