बैतडीमा बञ्चरो प्रहार गरी बाबुको हत्या

नवलपुर टुडे

सारांश
बैतडी, साउन १३ । बैतडीको डिलासैनी गाउँपालिका – ५ सेरामा बञ्चरो प्रहार गरी छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।
शुक्रबार बिहान करिब ६ बजेतिर २१ वर्षीय लोकेन्द्र जोशीले आफ्नै बाबु अन्दाजी ६० वर्षीय परमानन्द जोशीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेका वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए । उनका अनुसार बिहान घरमै ठेकी सफा गरिरहेका परमानन्दलाई छोरा लोकेन्द्रले बञ्चरो प्रहार गरेका हुन् । बञ्चरो प्रहारबाट परमानन्दको घटनास्थलमै मृत्यु भएको हो ।
हत्या गर्ने लाकेन्द्र जोशीको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




