Opens in a new tab

श्रीमान‍्को कुटाइबाट अछाममा श्रीमतीको ज्यान गयो

नवलपुर टुडे

29Shares

सारांश

धनगढी । अछाममा श्रीमान‍्को कुटपिटबाट श्रीमतीको ज्यान गएको छ।

पन्चदेवल बिनायक नगरपालिका-७ पुल्लेतोला दोम्सीगाडा बस्ने ४० वर्षीया मान्मा बिकको श्रीमान‍्को कुटपिटबाट ज्यान गएको हो।

मान्माका श्रीमान् ४८ वर्षीय पहेलु कामीले गएराति कुटपिट गर्दा मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ।

प्रहरीले फरार पहेलु कामीको खोजी गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

अरुपनि पढ्नुहोस

सबै