कञ्चनपुरमा ६ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

नवलपुर टुडे

सारांश
कैलाली । कञ्चनपुरमा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा बस्दै आएकी बालिका बुधबार बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । किशोरले आफ्नै घरमा बालिकालाई बोलाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।
बालिकाको गोप्य अङ्गबाट रगत बग्न थालेपछि उनका अभिभावकले घटनाबारे थाहा पाएका थिए । प्रहरीले एक दिन पछि घटनामा संलग्न रहेको आरोप लागेको व्यक्तिलाई पक्राउ गरेको हो । बलात्कारको आरोप लागेका किशोरलाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ भने बालिकालाई उपचारको लागि महाकाली अस्पताल ल्याइएको शाहले जानकारी दिए ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




