जनकपुरधाममा रकम लुट्ने दुई युवक पक्राउ

नवलपुर टुडे

सारांश
अभिजित दास
धनुषा । जनकपुरधामबाट रकम लुट्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एक नीजि बैंकबाट रकम झिकेर गन्तव्य तर्फ जाँदै गरेकी एक महिलाबाट झोलामा रहेको रुपैयाँ र मोवाईल खोसेर फरार रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-७ बस्ने २० वर्षीय जितेन्द्र प्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डल रहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । गत सोमबार वैदेशिक रोजगारीमा रहेका श्रीमानले पठाएको दुई लाख रुपैयाँ मिल एरिया स्थित रहेको एभरेष्ट बैँकबाट पैसा झिकेर प्लाष्टिकको झोलामा मोबाइल र सो रकम लिएर घर जाँदै गरेकी शर्मिला देवीको झोला लुटेर युवक फरार भएका थिए । घटना पछि जानकारी पाएका प्रहरीले दुबै युवकलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट लुटिएको मोबाइल र ५४ हजार रुपैयाँ नगद तथा दिपेन्द्रको साथबाट ७८ हजार रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक रजौरेले बताए । दुवैजनाले रुपैयाँ लुटेपछि भागवण्डा समेत गरिसकेको थिए । धनुषा प्रहरीले दुवैजनालाई मोबाइल र रुपैयाँ सहित लुटमा प्रयोग भएको प्रदेश २–०२–००५ प ८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

भैरहवा दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा

सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा – फोटो फिचर सहित
अरुपनि पढ्नुहोस
सबै

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू

कैलालीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु




